दफा ४४घ
न्यूनतम खर्च दिन सकिने
(१) सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा वा मुद्दाको कारबाही गर्दा कुनै व्यक्तिको सम्पूर्ण सम्पत्ति यस ऐन बमोजिम रोक्का भएको रहेछ र निज र निजसग आश्रित अन्य व्यक्तिको जीवनयापनको लागि अर्को कुनै उपाय वा स्रोत रहेनछ भने त्यसरी रोक्का रहेको सम्पत्तिमध्येबाट त्यस्ता व्यक्तिलाई न्यूनतम रुपमा जीवनयापन  गर्नको लागि आवश्यक पर्ने सम्पत्ति उपलब्ध गराउन अदालतले विभागलाई आदेश दिन सक्नेछ । (२) उपदफा (१) बमोजिमको आदेश भएकोमा विभागले त्यस्तो सम्पत्ति त्यस्तो व्यक्तिलाई उपलब्ध गराउनु पर्नेछ ।